भारि गिरावट आएको शेयरबजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१८ फाल्गुन २०७८, बुधबार १५:१०

काठमाडौं । साताको चौथो दिन नेप्सेमा उच्च गिरावट आएको छ । पछिल्लो केही दिनयता नेपाली शेयरबजार क्रमशः घट्दो क्रम जारी छ । एमसीसीको बहसका कारण मुलुकमा विभिन्न खालका उतारचढाव आएका कारण पूँजीबजारमा प्रभाव परेको देखिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ४७ अंकले घटेको नेप्से परिसूचक आज ६३ अंकले घट्न पुगेको छ । पछिल्लो समयको मार्केट डेप्थ हेर्दा यो भारि गिरावट नै हो ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ । आज चार कम्पनीको मात्रै शेयरमूल्य बढेको छ भने अन्य धेरै कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज सर्वाधिक घट्ने कम्पनीमा हिमालयन जनरल इन्स्योरेन्स रहेको छ कम्पनीको आज ८.२६ प्रतिशत अर्थात् ५६ रुपैयाँ ८० पैसाले शेयरमूल्य घटेको हो ।

त्यस्तै, युनाइटेड इदि मार्दीको ६.६८ प्रतिशत, ङादी ग्रुप पावरको ६.१० प्रतिशत, नेशनल हाइड्रोपावरको ५.८६ प्रतिशत र सामलिङ पावरको ५.७७ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*