पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने काम हुँदैछ : अर्थमन्त्री शर्मा

१८ फाल्गुन २०७८, बुधबार १४:३५

काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने मुख्य उद्देश्यका साथ अर्थ मन्त्रालयले भईरहेको बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका प्रमुखहरुसँग पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा उनले लगानीकर्ताहरुको लगानी सुरक्षित गर्ने मुख्य उद्देश्यले काम भईरहेको बताएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री शर्माले नेप्से र बोर्डका प्रमुखहरुलाई विभिन्न निर्देशनहरु पनि दिएका छन् । मन्त्री शर्माले नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) र एपीआई सुुधार गर्न निर्देशन दिएका छन् । नेप्से र धितोपत्र बोर्डको तलमेल नमिलेको विषयमा आफू जानकार रहेको पनि अर्थमन्त्रीले बताएका छन् ।

अर्थमन्त्री शर्माले पुँजी बजारमा नआएका कम्पनीको सेयर किनबेचका लागि ओभर द काउण्टर (ओटीसी) मार्केट सञ्चालन गर्न दिर्नेशन दिएका छन् । इन्ट्राडे कारोबारको व्यवस्था गर्नुपर्ने पनि अर्थमन्त्रीले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*