नेष्डो समृद्ध लघुवित्तको प्रिअलटमेन्ट यो साता हुने, अर्को साता आइपीओ बाँडफाँड

१८ फाल्गुन २०७८, बुधबार १३:०३

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अर्को साता भित्र बाँडफाँट गर्ने जनाएको छ । यो साता प्रिअलटमेन्ट सम्पन्न भएसँगै अर्को साता बाँडफाँट गर्ने तयारी भईरहेको लघुवित्तको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

आवेदन भेरिफिकेशनको काम भइरहेको जनाउदै बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटले छिटोमा शुक्रबार भित्रै आईपीओ बाँडफाँट गर्ने तयारी भएको जनाएको छ ।
लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५६३ कित्ता शेयरमा सर्वसाधारणलाई वितरण हुनेछ ।

पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता शेयरको लागि आवेदन परेको छ ।
माग भन्दाबढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै शेयर पाउनेछन् ।
सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ वितरणपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*