चार बीमा कम्पनी सहित यी कम्पनीहरुको साधारणसभा हुँदै, कुनले कति लाभांश दिँदैछन् ?

१७ फाल्गुन २०७८, मंगलवार १५:५१

काठमाडौं । विभिन्न ११ वटा कम्पनीहरुको वार्षिक साधारण सभा हुदै छ । जसमध्ये चार बीमा कम्पनी सहित विभिन्न कम्पनीले साधारणसभा बोलाएको छ। कोरोना संक्रमणको सावधानी अपनाउदै अधिंकाश कम्पनीहरु भ्युचुखल माध्यमबाट सभा गर्ने भएको छ ।

जसमा २ वटा जीवन बीमा कम्पनी, २ निर्जीवन बीमा कम्पनी, २ वटा हाइड्रोपावर, २ वटा बैंक, २ वटा फाइनान्स र १ वटा लघुवित्त रहेका छन् । ५ कम्पनीले लाभांश घोषण गरेको छ भने बाँकी ६ वटा कम्पनीले लाभांश प्रस्ताव गरेको छैन।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ औं वार्षिक साधारण सभा फागुन २९ गतेका लागि बोलाएको छ । सभा नेशनल लाइफको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजेका लागि बोलाएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले फागुन २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पारित र सभामा भाग लिन पाउनेछन् ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

प्रभ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा चैत ६ गतेका लागि बोलाएको छ । सभा होटल रेडिसन लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

कम्पनीले शेयरधनीहरुलाई यो वर्ष लाभांश प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ फागुन २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २६ औं वार्षिक साधारण सभा चैत ९ गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय बीमा भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्नेछ ।साथै साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारण सभा फागुन ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ काठमाडौंमा बस्ने गरी बोलाएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चूक्तापूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साथै साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा फागुन २० गतेका लागि बोलाएको छ । सभा कल्पतरु होटल नेपालगञ्ज र भचुअल माध्यमबाट बस्ने गरी बोलाएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।साथै साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २८ गते देखि फागुन २० गतेसम्म बुक क्लोज गरेको हुदाँ माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा चैत १२ गतेका लागि बोलाएको छ । सभाले यस वर्ष भने कुनै लाभांश घोषण गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि बैंकले चैत २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले चैत १ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

जानकी फाइनान्स कम्पनी

गणपुरक संख्या नपुग्दा स्थगित जानकी फाइनान्सले २५ औं वार्षिक साधारण सभा फागुन २२ गतेका लागि बोलाएको छ । सभा गायत्री कुञ्ज अतिथी सदन जानकी चौक जनकपुरधाममा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ २४ गते देखी फागुन ६ गते एक दिनको लागि बुक क्लोज गरेको हुदाँँ माघ २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभाश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

बेस्ट फाइनान्स कम्पनी लिमिटेड

बेस्ट फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा चैत ४ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको संचालन समितिको प्रतिवेदन र वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारीका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव कार्यसूचिमा रहेको छ ।

सभाका लागि कम्पनीले फागुन २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले फागुन १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा फागुन २६ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रसिष्टर्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी २८ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै उक्त सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालन पदको निर्वाचन गर्ने प्रस्ताव समेत कार्य सूचिमा राखेको छ ।

साथै, साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिनका लागि बुक क्लोज गरेकोे हुदाँ फागुन ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउनेछन् ।

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड

नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा फागुन ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, उक्त बोनस शेयर वितरणपछि कायम हुने चूक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा फागुन २८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । उक्त सभाले चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १७ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*