सन नेपाल लाइफको पोखरीया शाखाद्वारा खेलाडीहरुको प्रोत्साहनको लागि सहयोग

१७ फाल्गुन २०७८, मंगलवार १५:२८

काठमाडौं । समता समाज निचुटा पर्साद्वारा आयोजित मिति फागुण १५ गते देखि शुरु भएको दोस्रो पटेर्वा सुगौली गोल्ड कप मा सन नेपाल लाइफको बिरगंज शाखा अन्तर गत को उप शाखा कार्यालय पोखरीया द्वारा सहयोग गरिएको छ।

सो गोल्डकपमा प्रत्येक दिन प्रदान गरिने मैन अफ द मैचका खेलाडीलाई प्रदान गरिने सम्पूर्ण टफीका खर्चको भार नेपाल लाइफले कम्पनीले उठाएको छ।
ाज भएको खेलमा कम्पनीको तर्फबाट बिरगंज को शाखा प्रबन्धक श्रीराम प्रसादले बिशिस्ट अतिथिको को रुपमा समानित हुँदै आजको बिजेता भएको भक्तपुर काठमाडौं को टिमको मैन अफ द मैन लाई स्वागत गरि टीका लगाई आफ्नो सु– कोमल हात बाट टफी प्रदान गरेका छन ।

साथै जीवन बीमाको महत्त्व को बारेमा प्रष्ट पार्दै जीवन बिमा मानव जिवनमा अति आवश्यक भएको कुरा बताउनु भयो । साथै यो खेलमा यस कम्पनीको मार्केटिङ मेनेजर बिनोद रौनियार लगायत विभिन्न अभिकर्ता हरुको सहभागीता थियो।
यसै गरि यो क्षेत्रमा हुने विभिन्न सामाजिक कार्यक्रम हरुमा भाग लिने काम बेला बेलामा गर्दै आएको छ। जस्तै बृद्ध आश्रममा खाना खुवाउने काम , रगतदान कार्यक्रम ,सफाई अभियान तथा विभिन्न सामाजिक कार्यक्रम हरु मा सहयोग गर्दै आएको छ। आउने दिनमा पनि यसैगरी गर्दै जाने प्रतिबद्धता समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*