सानिमा बैंकको १२४ औं शाखा कार्यालय काभ्रेको तामाघाटमा

१७ फाल्गुन २०७८, मंगलवार १३:१५

काठमाडौं । सानिमा बैंक लिमिटेडले नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले काभ्रेको पाँचखाल तालामाघाटमा शाखा कार्यालयको शुभारम्भ गरेकोे हो ।

उक्त शाखा कार्यालयको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले गरेका हुन । बिस्तारित शाखा कार्यालयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

थप एक शाखा कार्यालयको बिस्तार गरेसँगै हाल देशभर बैंकको १२४ औं शाखा कार्यालय र १०४ वटा एटिएम मार्फत बैंकिङ सेवा सुविधा प्रदान गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*