सूर्या लाइफको ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक, १ करोडको बीमा प्रति महिना रु १२ सयमा

१६ फाल्गुन २०७८, सोमबार १९:३३

काठमाडौं । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपाली दाजु भाई दिदी बहिनीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना आजदेखि लागु हुने गरी कम्पनीको प्रधान कार्यालयमा विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

कम्पनीले हालको को विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दि तथा कोरना भाइरसले जनजीवनमा देखिएको त्रस्तताका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा सूर्या सूरक्षा कवज लोकप्रिय हुने देखिन्छ ।

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्न दृस्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले लिएको छ ।

१८ वर्षको उमेर समुहले रु १ करोडको बीमाङ्कमा वार्षिक रु १४,५५०/– वा मासिक रु १२ सयमा नै जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ । १८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको छ ।

सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आय श्रोतको आधारमा जति पनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ । १ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट https://suryalife.com/proposal/buy-policy/184 वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था र्गिरएको व्यहोरा प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काज्यूले जानकारी गराएका हुन् । बीमा शुल्क भने उमेर र अबधिको आधारमा फरक पर्न सक्ने छ ।

 

3 thoughts on “सूर्या लाइफको ‘सूर्या सुरक्षा कवज’ बीमा योजना सार्वजनिक, १ करोडको बीमा प्रति महिना रु १२ सयमा

  1. मदन पम्त says:

    यो कस्तो बिमा मैले राम्रो सङग बुज्न सकेन

  2. Nanda kishor Mahato says:

    Great idea I’m interested

  3. रुपक कान्त says:

    हाल ३६/३७ वर्ष उमेर भएकाे व्यक्तिकाे २० वर्षकाे लागि ईन्स्युरेन्स गर्दा वार्षिक / त्रैमासिक प्रिमियम कति हुन्छ ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*