तरलताको अभाव कारण बैंकिङ प्रणालीमा कर्जाको माग उच्च

१६ फाल्गुन २०७८, सोमबार १७:४७

काठमाडौं । तरलताको अभाव कारण बैंकिङ प्रणालीमा कर्जाको माग उच्च भएको छ । फागुन लागेपछि बैंकिङ प्रणालीमा निक्षेप २ अर्बले बढ्दै कर्जा प्रवाह १० अर्ब रुपैयाँले बढेको तथ्याङ्कले देखाएको छ ।
फागुन पहिलो साता १ अर्ब निक्षेप प्रणालीमा थपिएकोमा दोस्रो साता पनि १ अर्बले मात्रै थपिएको छ ।तर फागुन पहिलो साता ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने दोस्रो सातामा कर्जा प्रवाह थप ६ अर्ब रुपैयाँले बढेको छ ।

बैंकर्स संघका अुनसार एक साताको अवधिमा प्रणालीमा निक्षेप १ अर्ब रुपैयाँ बढेर ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जाको माग भने एक साताको अवधिमा ६ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*