आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१६ फाल्गुन २०७८, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा भारि गिरावट आएको छ । अघिल्लो दिन ७ अंकले मात्रै घटेको नेप्से परिसूचक आज ४३.१० अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से सोही अंक अर्थात् १.६२ प्रतिशतले घटेतापनि केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा एनआइसी एशिया बैंकको ऋणपत्र रहेको छ । उक्त डिबेञ्चरको आज २ प्रतिशत अर्थात् २० रुपयाँले बढेको छ ।

त्यस्तै, सनराइज ब्लुचिप फण्डको १.६५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको १.२४ प्रतिशत, तारागाउँ रिजेन्सि होटलको १.११ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको शुन्य दशमलव ८७ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*