सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ?

१६ फाल्गुन २०७८, सोमबार १४:२९

काठमाडौं । सर्वसाधारणसँग शेयर बापत उठाएको रकमबाट लाभांश वितरण गर्न पाइने कि नपाइने ? भन्ने विषयमा बीमा समिति अन्योलमा परेको छ । प्रसंग हो, नेपाल लाइफको । कम्पनीको एउटा समुहसँग शेयर बापत उठाएको अतिरिक्त रकम अर्को समुह (जसको कुनै योगदान छैन) लाई वितरण गर्नु अन्याय हुने भन्दै लगानीकर्ताहरुले बीमा समितिले न्यायिक दृष्टिकोणबाट निर्णय गर्नुपर्ने सुझाव अघि सारेका छन् ।

नेपाल लाइफले आव २०७६/०७७ को मुनाफबाट वितरण गर्न लागेको १४.७३ प्रतिशत लाभांश विवादमा परेको छ । कम्पनीले फ्युचर बोनसका लागि ठूलो मात्रामा प्रोभिजन गर्नु परेका कारण बीमितको बोनस घटाएको थियो । बीमितको बोनस घटाएको भन्दै बीमा अभिकर्ताहले आन्दोलन गरिरहेका बेला कम्पनीले आगामी साधारणसभाबाट १४.७३ प्रतिशत भन्दा बढि बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारणसभा पेश गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार यसअघि सर्वसाधारण शेयरधनीबाट बढि मूल्यमा आईपिओ बिक्री गरी कोषमा राखेको रकमबाट लाभांश वितरण गर्न लागेको आंशका गरिएको छ ।

सो लाभांश वितरण गर्न दिने कि रोक्ने भन्ने सम्बन्धमा बीमा समितिले गम्भिरतापूर्वक छलफल गरिरहेको जनाएको छ । सर्वसाधारणलाई आईपिओ वितरण गर्दा अतिरिक्त मूल्य लिई वितरण गरेको कम्पनीले एफपिओ जारी गरे बापतको रकम १०० रुपैयाँ चुक्ता पुँजिको लागि छुट्टाएर बाँकी रहेको रकम कोषमा राखेको हुन्छ । नेपाल लाइफले सोही कोषबाट रकम वितरण गरेकोले कम्पनीले वितरण गर्न लागेको १४.७३ प्रतिशत शेयर रोक्नुपर्ने माग बीमा समिति समक्ष पुगेको छ । बीमा समितिले सो सम्बन्धमा अन्तिम निर्णय भने गरिसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*