कोरोना बीमाको लविङ गर्न प्रत्येक कम्पनीबाट दुई लाख उठाउने बीमक संघको तयारी

१६ फाल्गुन २०७८, सोमबार १४:१६

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमाबारे अर्थमन्त्रालयबाट रकम निकासा गर्न लविङ गर्न प्रत्येक बीमा कम्पनीबाट दुई लाखका दरले रकम उठाउने तयारी गरिरहेको छ । अध्यक्ष चंकी क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले कोरोना बीमाको लागि बीमा कम्पनीबाट पैसा उठाउने निर्णय गरेको हो ।

केही दिन पहिले बसेको नेपाल बीमक संघको बैठकमा सो सम्बन्धमा छलफल भएको बुझिएको छ । नेपाल बीमक संघले कोरोना बीमा बापतको रकम नेपाल सरकारबाट लिनको लागि वातावरण बनाउन तथा अदालतमा कोरोना बीमा विरुद्धमा परेका मुद्दाहरु सामूहिक रुपमा लड्नका लागि सो रकम प्रयोग गर्नेबारे छलफल भएको बुझिएको छ।

नेपालका २० वटा निर्जिवन बीमा कम्पनीहरुले बीमा समितिसँग मिलेर कोरोना रोग संक्रमित पुष्टि हुने वित्तिकै एक लाख र ५० हजार रुपैयाँ पाउने गरी गरिएको कोरोना बीमाको दावी भुक्तानी बापत नेपाल सरकारले व्यहोर्नुपर्ने ११ अर्बभन्दा बढि रकम निकासा नहुँदा आम सर्वसाधारणले बीमा कम्पनीमाथि गालीगलौज र मुद्दा दायर गर्दै आएका छन्।

सरकारले बजेटमा उल्लेख नभएकोले कोरोना बीमा बापतको रकम भुक्तानी गर्न मानेको छैन भने बीमा कम्पनीहरुले बीमा शुल्क लिई आफ्नो ब्यालेन्ससिटमा मुनाफा समेत देखाइसकेको अवस्था छ । एकातिर बीमितबाट उठाएको बीमाशुल्क बीमा कम्पनीले आफ्नो ब्यालेन्ससिटमा मुनाफा देखाउने र अर्कोतर्फ बीमितले रकम नपठाउने अवस्था आएपछि सर्वसाधारण आक्रोसित भइरहेका छन्।

सर्वसाधारणको आक्रोस र अलदालतमा परेका मुद्दाहरु नरम बनाउन संघले रकम उठाएर खर्च गर्न लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*