सिद्धार्थ इन्स्योरेन्सद्धारा साढे २ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

१६ फाल्गुन २०७८, सोमबार १२:४४

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले सोलखुम्वु जिल्ला, स्थित खुम्वु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजका संचालक कुसाङ शेर्पालाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

गत असोज २ गते आगलागीवाट भएको क्षती वापतको बीमा रकम २ करोड ६० लाख रुपैयाँको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले पिस फुल लजका सञ्चालक शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

कम्पनीले २०७२ सालको भुकम्पबाट भएको क्षती वापत समेत सल्लेरी र नाम्चे क्षेत्रका वीमितहरुलाई उल्लेख्य रकम दाबी वापत भुक्तानी गरेको थियो ।

चालु आर्थिक वर्ष २०७८।७९ को हाल सम्म कम्पनीले ६०९७ वटा दावी फर्छयौट भई ७३ करोड ६६ लाख ९७ हजार रुपैयाँ तथा अग्रिम दाबी वापत विभिन्न दाबी कर्ताहरुलाई ८ करोड ५० लाख रुपैयाँ भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ, भने फर्छयौट गर्न वाँकी दावीको संख्या ३८४१ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकमं १ अर्ब ४१ करोड ४३ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

छिटो छरितो दावी फर्छयौट गर्ने कम्पनीको लक्ष्य अनुरुप वाँकी रहेका दावी यथासिघ्र फर्छयौट गरी दावी रकम भुक्तानी गर्न कम्पनी क्रियासिल रहेको हँुदा बीमा दाबी गर्नु हुने सम्पूर्ण बीमितहरुले दाबीसँग सम्वन्धित कागजातहरु सर्भेयर वा कम्पनीमा बुझाई दावी फर्छयौट कार्यमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*