स्वावलम्बन र सुपर लघुवित्तमा रोजागारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१६ फाल्गुन २०७८, सोमबार १२:३०

काठमाडौं । दुई लघुवित्तले रोजागारीको अवसर खुलाएको छ । स्वावलम्बन लघुवित्त र सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

सुपर लघुवित्त
सुपर लघुवित्तले कर्जा अनुगमन तथा सुपरिवेक्षण विभागमा २ जना, योजना लेखा तथा वित्त विभागमा १ जना, सूचना तथा संचार प्रविधि विभागमा १ जना र सुपरभाइजर।वरिष्ठ सहायक।सहायक (शाखा प्रमुख)मा केही संख्यामा र प्रशिक्षार्थी (कनिष्ठा सहायक)मा केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुका लागि कम्पनीले प्लस टु उत्तीर्णदेखि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन २५ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

स्वावलम्बन लघुवित्त
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३ जना सहायक प्रबन्धक माग गरेको छ । उक्त पदका लागि कम्पनीले शैक्षिक योग्यता मान्यता प्रााप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियर अर्थात् सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन २९ गतेभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा सम्पर्क गरी दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*