नेष्डो समृद्ध लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?

१६ फाल्गुन २०७८, सोमबार ११:४२

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले जारी गरिरहेको आईपीओमा आवेदन दिने म्याद सकिएको छ । उक्त आईपीओमा करिब साढे २५ लाख जना सर्वसाधारणले आवेदन दिएका छन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अन्तिम दिन साझसम्ममा कूल २५ लाख ४८ हजार ३२५ जनाले २ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ बराबरको आवेदन दिएका हुन् । उनीहरुले कूल २ करोड ९१ लाख ४३ हजार ३०० कित्ता सेयर माग गरेका छन्।जुन कम्पनीले माग गरेको तुलनामा ३७.६२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ७ लाख ७४ हजार ५६३ कित्ता सेयर माग गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*