सानिमा बैंकद्धारा बचत खाता अन्तर्गको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

१६ फाल्गुन २०७८, सोमबार ११:३८

काठमाडौं र सानिमा बैंकले बचत खाता अन्तर्गको बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटनाका कारण मुत्यु भएकोले बैंकले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई १० लाख दुर्घटना बीमा रकम दिएको हो ।
मृतककी श्रीमती कमली पन्त ओझालाई सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा उक्त बीमाको रकम हस्तान्तरण गरेका हुन् ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, १० हजार रुपैयाँ बराबरको ओपिडि सेवा र ५ हजार रुपैयाँसम्मको स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*