स्वावलम्बन लघुवित्तका सिइओ उदय राज खतिवडाले दिए राजिनामा, का.मु सिइओको जिम्मेवारी चापागाईँलाई
१६ फाल्गुन २०७८, सोमबार ११:१८
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदय राज खतिवडाले राजिनामा दिएका छन् ।
सिइओ खतिवडाले माघ १२ गते राजिनामा पेश गरेकोमा कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले फागुन १६ गतेदेखि लागू हुनेगरि स्वीकृत गरेको हो ।
साथै सोही बैठकले अर्को निर्णय नभएसम्मको लागि हाल संस्थाको वरिष्ठक्रममा रहेका नायम महाप्रबन्धक गोविन्द चापागाईँलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।