नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब २६ लाख बढीको आवेदन

१५ फाल्गुन २०७८, आईतवार १७:४८

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओमा करिब २६ लाख बढीको आवेदन परेको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा २५ लाख ९९ हजार ५९८ वटा आवेदनबाट तीन अर्ब बढीको शेयर माग भएको हो ।

करिब २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई छुट्टाएको ७ लाख ७४ हजार ५६३ कित्ताको ३८.८८ गुणा बढी हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*