तीन बैंकको ६ करोड ३३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत
१५ फाल्गुन २०७८, आईतवार १५:५२
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक, सिद्धार्थ बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडको बोनस शेयर आज सूचीकृत भएको हो ।
कृषि विकास बैंकको २० प्रतिशतका दरले २ करोड १९ लाख ७९ हजार ८५९ कित्ता, सिद्धार्थ बैंकको १४.२५ प्रतिशतका दरले १ करोड ५६ लाख २१ हजार २७६ कित्ता र प्राइम कमर्सिलय बैंकको १६ प्रतिशतका दरले २ करोड ५७ लाख ३२ हजार ८५९ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।
सूचीकृत पश्चात् उक्त शेयरहरु लगानीकर्ताले भोलिदेखि नै खरिदबिक्री गर्न पाउनेछन् ।