नेशनल हाइड्रोपावर सहित आज यी कम्पनीका लगानीकर्ताले कमाए
१५ फाल्गुन २०७८, आईतवार १५:१८
काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अकंले घटेको छ । आइतबार नेप्से ७.७३ अकंले घट्न पुगेको हो ।
पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर किनेबेच हुदाँ ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।
नेप्से सामान्य अकंले घटे पनि कारोबार भने ३ अर्बमा खुम्चिएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा नेशनल हाइड्रो पावर रहेको छ । कम्पनीको शेयर आज ४.५३ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, सपोर्ट माइक्रोफाइनान्सको ३.९६ प्रतिशत, यूनिर्भनल पावरको ३.०२ प्रतिशत, छाङदी हाइड्रोपावरको २.९७ प्रतिशत, यूनियन हाइड्रोपावरको २.७० प्रतिशत, बरुण हाइड्रोपावरको २.५५ प्रतिशत र हिमालयन पावर पाट्नरकको २.५४ प्रतिशतले वृद्धि भएको हो ।