झिनो अंकले घटेको शेयरबजारमा ३ अर्ब माथिको कारोबार, हाइड्रोपावर सूचक चम्कियो

१५ फाल्गुन २०७८, आईतवार १५:०७

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजारमा झिनो गिरावट आएको । गत साताको कारोबारको अन्तिम दिन ५८ अंकले घटेर बजार बन्द भएको थियो ।

आज नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ७० लाख ४० हजार ५६३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो केही सातायता नेप्सेमा लगातार गिरावट आएको छ । शेयरबजार घटेसँगै कारोबार पनि खुम्चिन पुगेको छ । नेप्समा रहेका २ उपसूचक बाहेकका सबै समूह राताम्य भएका छन् ।

आज हाइड्रोपावर समूह र अन्य समूह बाहेकका सबै समूह राताम्य भएका हुन् । सर्वाधिक जीवन बीमा समूहको ११६ रुपैयाँले घट्न पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*