महालक्ष्मी विकास बैंकद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त
१५ फाल्गुन २०७८, आईतवार ११:४८
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको फागुन १३ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले आव २०७८।०७९को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा जे.वि.राजभण्डारी एण्ड डिविन्स चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको हो ।
कम्पनीले पुष २५ गते बस्नेगरी बोलाएको साधारण सभामा गणपुरक संख्या नपुगेकोमा स्थगित भएको थियो । साथै पुनः माघ ३ गते बस्नेगरी बोलाइएको साधारण सभा उच्च अदालत पाटको माघ २ गतेको आदेश बमोजिम स्थागित गरिएकोमा उक्त स्थगित भएको साधारण सभा चैत १३ मा सम्पन्न भएको हो ।