एचआइडीसीएलको लिलामी शेयर बिक्री स्थगित
१४ फाल्गुन २०७८, शनिबार ११:२३
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लिलामी सेयरको बिक्री स्थगित गरेको छ ।धितोपत्र बोर्डले पत्र पठाएपछि अर्को सूचना जारी नभएसम्मका लागि लिलामी बिक्री बन्द गरिएको एचआइडीसीएलले जानकारी गराएको छ ।
कम्पनीले फागुन १ गतेबाट संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामी खुला गरेको थियो । यसमा फागुन १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो ।