सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको न्याभ घट्यो

१३ फाल्गुन २०७८, शुक्रबार ०८:१५

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको माघ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सानिमा इक्विटी फन्डको न्याभ ४४ पैसाले घटेर १७ रुपैयाँ ४९ पैसा कायम भएको छ । अघिल्लो महिनामा फन्डको न्याभ १७ रुपैयाँ ९३ पैसा थियो ।

सूचीकृत सेयरमा रहेको लगानी पनि १ अर्ब ४८ करोड रुपैयाँमा बाट घटेर १ अर्ब ३६ करोड रुपैयाँमा आइपुगेको छ । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित ८३ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

यता, सानिमा क्यापिटलको अर्को योजना सानिमा लार्ज क्याप फन्डको न्याभ पनि १५ पैसाले घटेर १० रुपैयाँ ५४ पैसा कायम भएको छ । सूचीकृत सेयरमा लगानी ५९ करोड ४५ लाखबाट घटेर माघ मसान्तसम्म ५५ करोड ३२ लाख रुपैयाँमा आएको छ । माघ सम्ममा यस फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ६० वटा सूचीकृत सेयरमा लगानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*