जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ५८ अर्बमाथि, कुन कम्पनीको कति ?

१४ फाल्गुन २०७८, शनिबार १०:३५

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ७ महिमामा ५८ अर्बमाथि नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ। हाल संचालनमा आएका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ५८ अर्ब २६ करोड रुपैयाँमाथि बीमाशुल्क आर्जन गर्न सफल भएकमा छन् ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस त्रैमासको अवधिसम्ममा १७ अर्ब २१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा एलआईसी (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब २७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले यस अवधिसम्म्मा ५ अर्ब ५७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले यस अवधिसम्मा ५ अर्ब ३४ करोड रुपैयाँ, युनियन लाइफले ३ अर्ब ३७ लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब ८६ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब २१ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब १९ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ७८ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ४४ करोड रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ३७ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९ करोड रुपैयाँ र ज्योति लाइफले १ अर्ब ४ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायन्स लाइफले ९६ करोड रुपैयाँ, सन नेपाल लाइफले ९१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ८१ करोड रुपैयाँ, सानिमा लाइफले ६८ करोड रुपैयाँ, प्रभु लाइफले ५२ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ३८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*