नेष्डो समृद्ध लघुवित्तको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

१४ फाल्गुन २०७८, शनिबार ०९:०२

काठमाडौं । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ)मा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गेतसम्म सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा जारी गरेको हो ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आइपिओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । आइपिओ निष्काशन बन्द छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गते हुने भनिएकोमा माग भन्दा बढी आवेदन परेकोले भोलि कार्यालय समय सम्म मात्र उक्त आइपीओमा आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*