नयाँ बीमा कम्पनीहरू व्यवसाय विस्तारमा आक्रमक बन्दै, कुन कम्पनीको प्रथम बीमाशुल्क आर्जन कति ? (तथ्याङ्क सहित)

१३ फाल्गुन २०७८, शुक्रबार १४:५८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको सात महिनासम्म्मा २३ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीहरुको चालु आर्थिक बर्षको माघ मसान्तसम्म्मा २३ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । यस अवधिसम्ममा नेपाल लाइफले ३ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। तेस्रोमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कमपनीले यस त्रैमासको अवधिसम्ममा १ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

रिलायबल नेपालले १ अर्ब ४८ करोड रुपैयाँ, एलआईसी (नेपाल)ले १ अर्ब ४८ करोड रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ४७ लाख रुपैयाँ, युनियन लाइफले १ अर्ब ४५ लाख रुपैयाँ, एशियन लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

करोडमा प्रथम बीमाशुल्क आर्जन गर्ने कम्पनी

सात महिनाको अवधिसम्ममा ज्योति लाइफले ९२ करोड ६१ लाख रुपैयाँ, मेट लाइफले ८७ करोड ७७ लाख रुपैयाँ, आइएमई लाइफले ८० करोड ८८ लाख रुपैयाँ, प्राइम लाइफले ७७ करोड १ लाख रुपैयाँ, रिलायन्स लाइफले ६७ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६६ करोड १४ लाख रुपैयाँ, सानिमा लाइफले ६५ करोड रुपैयाँ, प्रभु लाइफले ६४ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ४३ करोड रुपैयाँ र पुरानो कम्पनी गुराँस लाइफले सबैभन्दा कम ४२ करोड ६३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*