सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

१३ फाल्गुन २०७८, शुक्रबार १३:५३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बानेश्वर शााखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्त्ररण गरेको हो ।

कम्पनीले नेपालगंज–२ बाँके हाल बुढानिलकण्ठ–१२ काठमाडौंमा बसोबास गर्ने बीमित लेङकी शेर्पाको छोरा तेन्जी शेर्पालाई बीमा दाबी वापतको १० लाख ९० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

बीमित लेङकी शेर्पाले एक वर्ष अघि १० लाख बीमाङ्क रकमको ‘शुभारम्भ योजना’ अन्तर्गतको जीवन बीमा गराएका थिए । उनले बीमा गरेको दुई किस्ताको दरले १ लाख ६६ हजार बुझाएका थिए । उनको मृत्युभएपछि कम्पनीले दाबी भुक्तानी वापत १० लाख र काज क्रिया खर्च ५० हजार र बोनस रकम ४० हजार गरी कुल १० लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त चेक क्षेत्रीय शाखा प्रमुख लोकमाया अधिकारीले हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बानेश्व शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजर किशोर पोख्र्रेल, रिदम राइई, दाफुरी शेर्पा लगायतको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*