नेपाल राष्ट्र बैंकद्धारा विराटनगर कार्यालयमा बीएसबीएस मेसिन शुभारम्भ

१३ फाल्गुन २०७८, शुक्रबार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले विराटनगर कार्यालयमा नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस)को औपचारिक शुभारम्भ गरेको छ ।
राष्ट्र बैंकले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ संचालनमा ल्याएको उक्त ‘बीएसबीएस’ मेसिन आज विराटनगर कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै शुभारम्भ गरको हो । उक्त मेसिन बैंकका गर्भनर महाप्रसाद अधिकारीले ‘स्वीच अन’ गरेर शुभारम्भ गरेका हुन् ।

चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत् स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको छ ।

 

सो अवसरमा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीएसको सुरुवात एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा व्यक्त गरे । उक्त मेसिनमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी समेत दिए । साथै उक्त मेसिनलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिए ।

उक्त मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डरलाई टुक्रायर ब्रिकेट तयार गर्दछ । उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्रयाउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्रयाइएको नोटबाट ब्रिक्रेट तयार गर्दछ । साथै सो मेसिनमा एक पटकमा २ सय केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा सय केजी नोटलाई टुक्रयाउने क्षमता राख्दछ ।

यस्तो टुक्राको औसत ६×६ मि.मि. हुनेछ । यसरी टुक्राइएको नोटलाई प्रतिघण्टा २ सय केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ । यस मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म संचालन गर्न सकिनेछ । यस्तो ब्रिकेट ईट्टाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनमा समेत उपयोगि हुने विश्वास बैंकले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*