नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित

१३ फाल्गुन २०७८, शुक्रबार १३:०९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा गभर्नर, डुपुटी गभर्नर तथा बोर्ड सदस्यका मात्रै पौने २ करोड रुपैयाँ खर्चिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षमा ९ जनाले १ करोड ७५ लाख ६५ हजार ८१६ रुपैयाँ तलब, बैठक भत्ता तथा अन्य सेवा सुविधावापत प्राप्त गरेका छन् ।

वाणिज्य बैंकका साढे ३ करोड रुपैयाँ तलब तथा भत्ता वापत बुझ्दा बैंक तथा वित्तिय संस्था नियमन गर्ने संस्थाका गभर्नर, डेपुटी गभर्नर तथा बोर्ड सदस्यहरुले लिएको रकम कम हो ।
यो गत वर्ष गभर्नर, २ वर्तमान तथा २ पूर्वडेपुटी गभर्नरका साथै अन्य ४ जना बोर्ड सदस्यले लिएको रकम हो ।जसअनुसार गत वर्ष गभर्नर महाप्रसाद अधिकारीले कुल तलब भत्तावापत ३२ लाख ६२ हजार रुपैयाँ बुझेका छन् ।

डेपुटी गभर्नर डा. निलम ढुंगाना (तिम्सिना)ले तलब भत्ता गरी ३६ लाख ५८ हजार ७२४ रुपैयाँ र अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले कुल ३४ लाख ७९ हजार ८४१ रुपैयाँ बुझेका छन् ।

त्यसैगरी पूर्वडेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटीले १८ लाख २६ हजार ६०४ रुपैयाँ र शिवराज श्रेष्ठले १८ लाख २१ हजार ६०४ रुपैयाँ बुझेका छन् ।
यता अर्थसचिवका रुपमा बोर्ड सदस्य रहेका शिशिर कुमार ढुंगानाले बोर्ड बैठकको भत्ता तथा अन्य सुविधा गरी ५ लाख ८ हजार रुपैयाँ तलब भत्ता र अन्य सुविधा वापत रकम बुझेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*