आइसीएफसी फाइनान्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
१३ फाल्गुन २०७८, शुक्रबार १२:३६
काठमाडौं । आइसीएफसी फाइनान्सको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन हो ।लगानीकर्ताले आइसीएफसीको सेयरमा न्यूनतम १८५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम ३० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंबाट आवेदन दिन सकिनेछ ।