एनसीसी बैंकको साढे चार लाख कित्ता संस्थापक शेयर बिक्रीमा
१३ फाल्गुन २०७८, शुक्रबार १२:३४
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख ५३ हजार ९३ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
बैंकका शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्रीका लागि आज ३५ दिने सूचना जारी गरेको हो । उक्त शेयर खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र बैंकको केन्द्र्रीय कार्यालय बागबजार, काठमाडौंमा आवेदन दिन सकनेछन् ।
साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्था संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।