छोरीको बिहेमा बीमा पोलिसी उपहार

१३ फाल्गुन २०७८, शुक्रबार १२:१९

काठमाडौं। छोरीको बिहेमा दाइजो दिने प्रचलनको अलवा पछिल्लो समय बीमा पोलिसी दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । समाजमा देखाउनकै लागि भएपनि आफ्नो क्षमता भन्दा माथि उठेर प्रदान गरिने दाइजो पछिल्लो समय केही हदमा भएपनि हट्दै गएको आभास गर्न सकिन्छ ।

पछिल्लो समय युवायुवतीहरुमा चेतना पलाएसंगै दाइजो प्रतिको मोहको क्रेज घट्न थालेको छ । आफ्नो छोरीको बिहेमा दाइजो दिनुको अलवा बीमा पोलिसी तर्फ मानिसहरुको आर्कषण बढ्दै गएको पाइन्छ । पोखराका एक दम्पत्तीले पनि आफ्नो छोरीको बिहेमा बीमा पोलिसी हस्तान्तरण गरेर उदाहरणीय कार्य प्रस्तुत गरेका छन् । पोखरा महानगरपालिका ३ नदीपुर बस्ने बुबा कृष्णबहादुर र आमा श्याम माया मग्राती आफ्नो छोरी सीता मग्रातीको विवाहमा रु.पाँच लाखको बीमा पालिसी गराएका हुन् ।

निजका छोरी सीताको लमजुड जिल्लाको राइनासटार ३ निवासी राजु गैरेसंग हालै पोखरामा बिवाह सम्पन्न भएको हो ।सिटिजन लाइफ इन्स्योरेन्सका पोखरा शाखाकी शाखा म्यानेजर सरीता पोख्रेल भट्टराई र एजेन्सी म्यानेजर गोपाल बालकोटीले संयुक्त रुपमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

One thought on “छोरीको बिहेमा बीमा पोलिसी उपहार

  1. Suresh Gyawali says:

    बिबाहको अबसरमा आमा बाबू द्वारा बिमाको पोलिसी दाइजोको सट्टामा दिनुभयो भन्दा खुसी लाग्यो हुन पनि यो अबस्थामा दाइजो भन्दा बिमा आबस्यक छ अहिलेको अबस्थामा ५ लाख बिमाक हो कि बिमा शुल्क ? प्रत्रकार मित्र प्रीमियम बिमा कम्पनी तिरेको त होइन होला ? अनि के ताम झामका साथ बिबाहमा बिमा कम्पनीका कर्मचारीको हातबाट बिमा पोलिसी दिएको फोटो सुट गर्नु भयो पैसा बाबू/ आमाले तिर्ने फोटो बिमा कम्पनीका कर्मचारीबाट हस्तान्तरण गरेको राख्ने बिमाको धर्म नै बिमालेख उपरको क्षतिपूर्ति प्रदान गर्नु हो भने समाचारका लागि बिषय सान्दर्भिक लागेन कि शाखाको तर्फबाट उपहारमा पैसा तिर्नै न पर्ने गरि गरि दिनु भएको त होइन होला उपहार भन्नू भएको छ । बिमा सुरक्षाको लागि भन्दा पनि देखाउने उदेश्य द्वारा प्रेरित देखियो अब भन्नू होला बिमाले दाबी दियो दाबी पाउन पैसा दिनु पर्दैन ? बिमाको काम नै हो दाबी दिनु कति न सित्तैमा दिएको जस्तो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*