७ महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गरे ८१ अर्ब कूल बीमा शुल्क, नेपाल लाइफको अग्रता कायमै

१३ फाल्गुन २०७८, शुक्रबार १२:०२

काठमाडौं । चालु आवको सात महिना नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले ८१ अर्ब ३० करोड २४ लाख २६ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सात महिनाको अवधीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै २१ अर्ब आठ करोड ५४ लाख ३१ हजार रुपैयाँ संकलन गरेको छ ।

तथ्याङ्क अनुसार दोस्रो नम्वरमा नौ अर्ब ७५ करोड ४० लाख ४१ हजार रुपैयाँ सहित एलआईसी नेपाल दोस्रो स्थानमा र सात अर्ब ८९ करोड ७२ लाख १३ हजार रुपैयाँ कूल बीमा शुल्क सहित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा रहेको छ ।

सात महिनाको विवरणको आधारमा चौथो स्थानमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले सात महिनाको अवधीमा छ अर्ब ४२ करोड ७६ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । नयाँ कम्पनी युनियन लाइफले सात महिनाको अवधीमा चार अर्ब ८२ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ ।

अन्य कम्पनीहरुमा एशियन लाइफले चार अर्ब तीन करोड ५५ लाख ८९ हजार रुपैयाँ सात महिनाको अवधीमा संकलन गर्न सफल भएको छ भने मेट लाइफले तीन अर्ब नौ करोड १६ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

प्राइम लाइफ दुई अर्ब ९६ करोड रुपैयाँ संकलन गर्दा रिलायबल नेपाल लाइफ दुई अर्ब ३० करोड रुपैयाँ कूल बीमा संकलन गरेको छ ।
सूर्या लाइफले दुई अर्ब ८३ करोड ६५ लाख, गुराँस लाइफ एक अर्ब ८६ करोड ७७ लाख, आईएमई लाइफले एक अर्ब ९० करोड, ज्योति लाइफले एक अर्ब ९६ करोड, सन नेपाल लाइफ दुई अर्ब ३९ करोड, रिलायन्स लाइफ एक अर्ब ६४ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

सानिमा लाइफले एक अर्ब ३३ करोड रुपैयाँ, प्रभु लाइफले एक अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ८१ करोड ९३ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*