प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक शेयर बिक्रिमा, कसको कति ?

१३ फाल्गुन २०७८, शुक्रबार ११:४८

काठमाडौं । चार कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लिं को स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
सो कम्पनीको स्वामित्वमा रहेको आइसिएफसि फाइनान्स लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संंस्थापक शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

आइसिएफसि फाइनान्सले उक्त कम्पनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १९५ रुपैयाँ तोकिएको छ । सो अनुसार उक्त शेयरमा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

त्यस्तै, नेपाल ग्रामिण विकास लघुवित्तले २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योन्सले १ लाख कित्ता र नेपाल लाइफले ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । लघुवित्तले न्युनतम मूल्य ३७५ रुपैयाँ, नेशनल लाइफले ३५० रुपैयाँ र नेपाल लाइफले ५०० रुपैयाँ न्युनतम मूल्य तोकेको छ । सो अनुसार उक्त शेयरहरु खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरि बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त चारवटै कम्पनीको संस्थापक शेयरमा न्यूनतम २ हजार कित्तादेखि माग गर्नुपर्नेछ । उक्त शेयर खरिद गर्न चाहाने व्यक्ति वा संघ संस्थाले फागुन २० गतेभित्र बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमल, काठमाडौंमा बोलपत्र फाराम भरी आवेदन पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*