प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते, यस्ता छन् एजेण्डाहरु

१२ फाल्गुन २०७८, बिहीबार १७:५०

काठमाडौं । प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते हुने भएको छ। कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी चैत्र २ गते भित्र नाम दर्ता गराइ सक्नुपर्नेछ । सभाले आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने छ ।

त्यस्तै , चालु आर्थिक वर्षको लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमित तोक्ने सम्बन्धमा सभाले छलफल गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*