सिद्धार्थ इक्विटी फन्डको न्याभ घट्यो
१२ फाल्गुन २०७८, बिहीबार १७:०६
काठमाडौं । सिद्धार्थ इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । न्याभ ५५ पैसाले घटेर १३ रुपैयाँ ९५ पैसामा झरेको छ । पुस महिनामा यसको न्याभ १४ रुपैयाँ ५० पैसा थियो ।
एक महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । सूचीकृत कम्पनीको सेयरमा लगानी ११ करोड ८१ लाख रुपैयाँले घटेर १ अर्ब ६७ करोड ८१ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो महिना यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ लगानी गरेको थियो ।
बैंक मौज्दात १२ करोड २ लाख रुपैयाँबाट बढेर १४ करोड ९५ लाख रुपैयाँ भएको छ । माघ मसान्तसम्म यसले ८२ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।