नेशनल हाइड्रोपावरको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
१२ फाल्गुन २०७८, बिहीबार १६:००
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १८.५२५ प्रतिशत बोनस शेयर वितरणका लागि आजै बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो दिन कायम ४१५ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ३५० रुपैयाँ १४ पैसा कायम गरेको छ ।