राष्ट्र उत्थान लघुवित्तको आइपीओ चारवटा साईटबाट हेर्न सकिने

१२ फाल्गुन २०७८, बिहीबार १५:३६

काठमाडौं। राष्ट्र उत्थान लघुवित्तको आइपीओको बाँडफाँट सम्पन्न भएको छ । नतिजा भने केहीसमयपछि हेर्न पाईने कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।

नतिजा प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट https://niblcapital.com/, , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ , कम्पनीको आधिकारीक वेवसाईट  https://www.rulbsl.com/ हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । आज साँझसम्ममा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ ।

राष्ट्र उत्थानले फागुन ४ देखि आइपीओ निष्काशन गरेको हो। कम्पनीले ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । ८ लाख ५० हजार कित्ता मध्ये शुन्य दशमलब ५ प्रतिशत अर्थात १३ हजार कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । सर्वसाधारणले ७ लाख ९४ हजार ५०० कित्ताको लागि आवेदन दिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*