भारि अंकले घटेको शेयरबजारमा आज सर्वाधिक यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा ५८ अंकको गिरावट आएको छ । यस साता शेयरबजारमा खासै प्रगति देखिएन । पूँजीबजार बढेपनि दोहोरो अंकले मात्रै बढ्न पुग्यो । आज साताको अन्तिम दिन भारि अंकले घट्न पुगेको हो ।
नेप्सेमा सूचकिृत २२९ कम्पनीको ८४ लाख ९० हजरा ६८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँको कारोबार भएको छ ।
नेप्से घटेसँगै कारोबार रकममा पनि खासै सन्तोषजनक प्रगति देखिएको छैन । अघिल्लो दिनको तुलनामा भने कारोबार केही हदसम्म बढ्न पुगेको छ । ५८ अंकले घटेको शेयरबजारमा केही कम्पनीहरुका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
आज सर्वाधिक गुमाउने कम्पनीमा युनिभर्सल पावर कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन ५.७० प्रतिशत अर्थात् २२ रुपैयाँले शेयरमूल्य घटेको हो । लगत्तै न्यादी हाइड्रोपावरको ५.४५ प्रतिशत अर्थात् ३० रुपैयाँ, नयाँ सारथी लघुवित्तको ५.४३ प्रतिशत अर्थात् ७६ रुपैयाँ, सिद्धार्थ इन्सुरेनसको ५.०८ प्रतिशत अर्थात् ५० रुपैयाँ र ग्रीनलाइफ हाइड्रोपावरको ४.९५ प्रतिशत अर्थात् २४ रुपैयाँले शेयरमूल्य घट्न पुगेको छ ।