कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन

१२ फाल्गुन २०७८, बिहीबार १२:०३

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले माघ ७ गतेदेखि माघ २७ गतेसमम हकप्रद निष्काशन गरेकोमा मागअनुरुप आवेदन नपरेकोमा अवधि लम्बाएर फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन पाइने भएको हो ।

कम्पनीले एक शेयर बराबर एक दशमलव पाँच शेयर (१ः१.५)को अनुपातमा प्रतिशेयर १०० रुपैयाँका दरले ३० लाख कित्ता हकप्रद शेयर निष्काशत गरेको हो ।

कम्पनीको उक्त हपकप्रदमा पुष २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । उक्त शेयरमा मेरो शेयर, बिक्री प्रबन्धक सिभिल क्यापिट मार्केट तथा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*