नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान

१२ फाल्गुन २०७८, बिहीबार ११:५१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान तथा हैसलाको लागि बधाई दिएको छ । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वाेच्च अन्तराष्ट्रिय संस्था एमडिाआरटी अन्तर्गत दोस्रो तह सिओटीमा २०२०।२०२१ र २०२१।२०२२ मा लगातार दुई वर्ष नेपाल लाइफ, कोटेश्वरबाट क्वालिफाइट भएकोमा दिपक थापालाई हार्दिक बधाईका साथै अगामी दिनमा अझ सफलताको सिढी चढ्दै जान नेपाल लाइफ, कोटेश्वर शाखाले बधाई दिएको छ।

फागुण ११ गते (बुधवार)का दिन नेपाल लाइफ,कोटेश्वर तर्फबाट एक कार्यक्रम आयोजना गरी शाखा प्रमुख ( ज्ञानेन्द्र मान तुलाधरले ( दिपक थापा जीवन बीमा व्यवसायमा अति लगनशील भई नेपाल लाइफ, कोटेश्वरबाट २०२०।२०२१ मा १६ औं स्थान र २०२१।२०२२ मा ५ औं स्थानमा रहेको जानकारी गराउदै २०२२।२०२३ मा पनि सफल रुपमा अगाडि बढ्न शुभकामना दिएको थियो ।

उक्त कार्यक्रममा अनुज कुमार झा (वरिष्ठ सहायक) , श्री प्रियंका कार्की (सहायक) कर्मचारीका साथै गोविन्द प्रसाद भट्टराई (वरिष्ठ एजेन्सी मैनेजर) ,रुपक न्यौपाने (एजेन्सी मैनेजर) र जानुका कार्की (एजेन्सी मैनेजर) हरुले पनि बधाई तथा शुभकामना दिएका थिए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*