बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

१२ फाल्गुन २०७८, बिहीबार ११:३४

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरको आइपीओमा अब फागुन १९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०५ अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो ।

जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं। २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं। ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं। ७ का स्थानीयलाई छुट्याइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*