राष्ट्र उत्थान लघुवित्तको आइपीओ प्रि–अलटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने

११ फाल्गुन २०७८, बुधबार १६:१५

काठमाडौं ।  राष्ट्र उत्थान लघुवित्तको आइपीओको प्रि–अलटमेन्ट सम्पन्न भएको छ। आइपीओ बिहीबार (भोलि) बाँडफाँट हुने भएको छ ।कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ ः२० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्र उत्थानको आइपीओमा ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३८.४२ गुणा बढी आवेदन हो । यसको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ३८.४२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७९ हजार ४५० जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली हुनेछ । यसमा कुल २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*