आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

११ फाल्गुन २०७८, बुधबार १५:२०

काठमाडौं । साताको चौथो दिन नेप्से १५.५० अकंले घटेको छ । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच भएको हो ।

नेप्से घट्दा कारोबार समेत ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँमा सिमित भएको छ । कारोबारा खुम्चिदा आज प्रभु बैंक डिबेञ्चरले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर ३.९६ प्रतिशतले घटेको हो ।

त्यस्तै, नेपाल फाइनान्सको ३.६२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.५७ प्रतिशत, गुराँस लघुवित्तको ३.३१ प्रतिशत, लक्ष्मी इक्वाटी फण्डको ३.२७ प्रतिशत, एभरेष्ट बैंकको ३.१६ प्रतिशत र गोर्खास फाइनान्सको ३.०७ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*