एनटिसीसहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

११ फाल्गुन २०७८, बुधबार १५:०७

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन १७ अंकले बढेको नेप्से परिसूचक आज १५ अंकले घट्न पुगेको हो ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँको कारोबार भएको छ ।

यसहप्ता नेप्सेमा कारोबार खासै सन्तोषजनक देखिएको छैन । अघिल्ला केही महिनाहरुमा १० अर्बमाथिको कारोबार हुने शेयरबजारमा यस साता ४ अर्बभन्दा माथि कारोबार उक्लिन सकेको छैन ।

सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक एनटिसीको भएको छ । कम्पनीको आज १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, घलेम्दी हाइड्रोपावरको १२ करोड ८५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ५८ लाख, नेशनल हाइड्रोपावरको ९ करोड ४९ लाख र अपि पावर कम्पनीको ९ करोड ८ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*