एक बर्षभित्र सबै साधारणसभा गर्न राष्ट्रिय बीमा संस्थानलाई अर्थसचिव मरासिनीको निर्देशन

११ फाल्गुन २०७८, बुधबार १४:५५

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई एक बर्षभित्र सबै साधारणसभा गर्न अर्थसचिव मधुकुमार मरासिनीले निर्देशन दिएका छन् । विगत लामो समयदेखि साधारणसभा र अडिट गर्न नसक्दा संस्थानमा थुप्रै कामहरु पेन्डिङमा रह्दै आएको छ ।

राष्ट्रिय बीमा संस्थानको ५५ औ बार्षित्सव कार्यक्रममा बोल्दै उनले लामो समयदेखि संस्थानको अडिट र साधारणसभा रोकिएको हुँदा यो समस्यालाई चाडौ नै सामाधान गर्न आग्रह गरेका छन् ।उनले विगतलाई स्मरण गर्दै, आफू १५ बर्ष अघि राष्ट्रिय बीमा संस्थानको बोर्डमा रह्दा भएको समस्या अहिलेसम्म आईपुग्दासम्म निराकरण नभएको कारण यसलाई चाडो सुल्झाउन संस्थानलाई निर्देशन दिएको हो ।

विगत लामो समयदेखिको अडिटको लागि निकै समस्या र अपठ्याराहरु पक्कै पनि छन् । मैले छैन भनेको हैन । तर जहाँ चुनौती हुन्छ , त्यहाँ आफनो अस्तित्व देखाउन सकिन्छ । संस्थानले आफनो अस्तित्व देखाउने बेलाएको आएको छ । चुनौतीको डटेर सामाना गरे पक्कै पनि यहि आर्थिक बर्षभित्र अडिट र साधारणसभाको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

राष्ट्रिय बीमा संस्थानालाई अडिट र पेन्डिङमा रहेको बार्षिक साधारण सभा अर्को बर्ष म आँउदा सम्पन्न भयो भनी सुन्न पाउन भन्दै यो तपाईहरुलाई मेरो चुनौती रहेको कार्यक्रममा व्यक्त गरे ।
संस्थाका कायवाहक अध्यक्ष वस्नत राज पाण्डेले विगतदेखि समस्याको रुपमा रहिआएको लेखापरीक्षण र साधारणसभा सम्वन्धी विषयहरुलाई नियामक निकाय लगायत अन्य सरोकारवालाहरुको सहयोगमा निष्कर्षमा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए ।

आ।व। २०६६।६७ देखि २०६८।६९ सम्मको साधारणसभा सम्पन्न गरी आ।व। २०६९।७० देखि २०७१।७२ सम्मको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरिएको संस्थानले जनाएको छ । साथै आ।व। २०७२।७३ देखि २०७५।७६ सम्मको बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण सम्पन्न गरी अन्तिम वित्तीय विवरण प्राप्त हुने क्रममा रहेको जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*