एलआईसी नेपालको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव प्रस्ताव पारित

११ फाल्गुन २०७८, बुधबार १४:०४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको पारित गरेको छ।

सभाले प्रस्तावित २० प्रतिशत बोन शेयर र कर प्रयोजनका लागि समेत गरी १ दशमलव ०५२६३१५६९ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवासम्बन्धी प्रस्तावसमेत पारित गरेको छ।

प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डासमेत पारित गरेको छ ।
साथै, १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*