राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५५ औं बर्षमा प्रवेश, छिटो र छरिटो सेवा दिने प्रतिवद्धता

११ फाल्गुन २०७८, बुधबार १३:२२

काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ ।बार्षिकउत्सव कार्यक्रमा बोल्दै संस्थानले आगामी दिनमा अडिटको काममा बाधा नआउने संस्थानले अडिटको काम चाडौ नै सम्पन्न गरेर नयाँ गति दिने कुरा व्यक्त गरेको छ। नेपालको बीमा बजारमा उल्लेखनीय योगदान गरेको संस्थान आजदेखि ५५ औं वर्षमा प्रवेश गरेको हो ।कार्यक्रममा प्रमुख अतिथि मधुकुमार मरासिनी ,बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशकको उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले आगामी दिनमा छिटो र छरिटो सेवा प्रदान गर्न प्रतिवद्धता संस्थानले व्यक्त गरेको छ। शुरुवातमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गरेको संस्थानले वि.सं. २०२९ साल फागुन ७ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गरी जीवन बीमा व्यवसाय सञ्चालन गर्ने पहिलो बीमा कम्पनी बनेको थियो । बीमालाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको संस्थानले सर्वसाधारणको जीवनमा आइपर्ने जोखिमलाई न्यून गरी गुणस्तरीय जीवनशैली प्रत्याभूत गर्न सफलता प्राप्त गरेको छ ।

बीमा संस्थानमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको संस्थापक शेयर स्वामित्व क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत र १६.६७ प्रतिशत रहेको छ ।चालु आर्थिक बर्षको २०७८ पौष मसान्तसम्ममा संस्थानको बीमा कोष ३८ अर्ब ७८ करोड रुपैयाँ रहेको जुन कूल जीवन बीमा कोषको ८.५६ प्रतिशत हुन आउँछ । राष्ट्रिय बीमा संस्थानको ६ अर्ब ५ करोड रुपैयाँ रहेको छ । संस्थाको बजार हिस्सा ८.५३ प्रतिशत रहेको छ । पौष मसान्तसम्म कूल बीमालेख संख्या १ करोड १० लाख ४१ हजार ८८ रहेकोमा हालको चालु बीमालेख संख्या ६ लाख ३८ हजार ७९३ रहेको छ । देशको सातवटै प्रदेशमा कम्तीमा एउटा हुने गरी संस्थानको २३ वटा शाखा कार्यालयहरु रहेका छन् ।

जलविद्यूत लगानी तथा विकास कम्पनीमा १ अर्व शेयर लगानी (हालको बजार पूजीकरण रकम ३.२० अर्ब रुपैयाँ) गरिएको छ । त्यस्तै विद्युत उत्पादन कम्पनी लि.मा ६.६ करोडको संस्थापक शेयर लगानी गरिएको छ । नागरिक लगानी कोषमा कोषको कुल शेयर पूँजीको ३१.५ प्रतिशत स्वामित्व रहेको छ । साथै, सनराइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक र नेपाल पुनर्बीमा कम्पनी जस्ता देशका महत्वपूर्ण वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी रकम २४ अर्ब १९ करोड रुपैयाँ र डिबेञ्चरमा लगानी रकम ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

लेखापरीक्षण र साधारण सभा गर्ने विषयमा संस्थान संवेदनशील रहेको बताएको छ । विगतदेखि समस्याको रुपमा रहिआएको लेखापरीक्षण र साधारणसभा सम्वन्धी विषयहरुलाई नियामक निकाय लगायत अन्य सरोकारवालाहरुको सहयोगमा निष्कर्षमा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

आ.व. २०६६।६७ देखि २०६८।६९ सम्मको साधारणसभा सम्पन्न गरी आ.व. २०६९।७० देखि २०७१।७२ सम्मको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरिएको संस्थानले जनाएको छ । साथै आ.व. २०७२।७३ देखि २०७५।७६ सम्मको बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण सम्पन्न गरी अन्तिम वित्तीय विवरण प्राप्त हुने क्रममा रहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*