एशियन लाईफ इन्स्योरेन्सद्धारा ब्यतित बीमालेखमा ब्याज छुट

११ फाल्गुन २०७८, बुधबार १३:०३

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरीएका नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण ब्यतित भएका बीमालेखहरुमा फागुन १० गतेदेखि चैत २२ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने भएको हो ।

कम्पनीले २०७६ फागुन १० गतेसम्म ब्यतित बीमालेखका ५० प्रतिशत र २०७३ फागुन १० गतेसम्म ब्यतित बीमालेखका हकमा २५ प्रतिशत ब्याज छुट प्रदान गर्नेछ । बीमा अवधि समाप्ती हुन २ वर्ष वा सो भन्दा कम समयावधी बाँकी भएका बीमालेखको हकमा १० प्रतिशत ब्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

साथै एक पटक ब्याज छुट लिइसकेका बीमितहरुलाई बीमा अवधिभर पुनः ब्याज छुट प्रदान नगरिनेछ कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*