जोशी हाइड्रोपावरको तीन आर्थिक वर्षको साधारण सभा आज बस्दै
काठमाडौं । जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा गणपूरक संख्या नपुग्दा स्थगित वार्षिक साधारण सभा आज (फागुन ११ गते) हुदैछ । सभा बिहान ११ः३० बजे लिसारा हल नक्साल काठमाडौंमा बस्दै छ ।
कम्पनीले माघ ३ गते बोलाएको आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ सभा गणपूरक संख्या नपुग्दा स्थगित भएको थियो ।
उक्त सभाले आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरेको छ । साथै उक्त सभाले संस्थापक शेयरधनीहरु तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट २ जना गरी जम्मा ५ जना संचालन नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि समेत रहेको छ ।
साधारण सभा प्रयोजन लाभांश वितरणका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।